पशुपतिनाथ आरतीमा सहभागी हुँदै राप्रपा अध्यक्ष लिङ्देनले भने- हिन्दूराष्ट्र पुनःस्थापनाको संकल्प गरौं – Nepal Press

पशुपतिनाथ आरतीमा सहभागी हुँदै राप्रपा अध्यक्ष लिङ्देनले भने- हिन्दूराष्ट्र पुनःस्थापनाको संकल्प गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दूराष्ट्र बनाउने शक्तिशाली संकल्प गर्न जनसमुदायलाई आग्रह गरेका छन्।

शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्वप्रति जनताको आस्था र विश्वासको उच्च सम्मान व्यक्त गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्ने अभियानमा साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताएका हुन् ।


पार्टीका नेता कार्यकर्ता सहित आरतीमा पुगेका लिङ्देनले जनताको तागतको बलमा केही वर्षभित्रै नेपाल पुनः हिन्दूराष्ट्र बन्न सम्भव भएको उल्लेख गर्दै मन हिन्दुत्व तर्फ र मत धर्म निरपेक्षतर्फ नगर्न हिन्दु धर्मावलम्बीलाई आग्रह गरे ।

‘आज हामी पशुपतिनाथको आरतीमा छौं, लिङ्देनले भने- ‘आजकै दिन हिन्दूराष्ट्र पुनःस्थापनाको शक्तिशाली संकल्प गरौं, कुनै तागतले हिन्दुराष्ट्र पुनःस्थापना हुनबाट रोक्न सक्ने छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर