बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा एक जनाको मृत्यु – Nepal Press

बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा एक जनाको मृत्यु

सुर्खेत । दैलेखमा भैँसीले च्यापेर एक जनाको मृत्यु भएको छ ।

नारायण नगरपालिका-४ बस्ने ५४ वर्षीया चक्रबहादुर कटुवाललाई आफैले पालेको भैँसीले च्यापेर मृत्यु भएको हो ।

मृतक कटुवालले घरबाट बारीमा लैजाने क्रममा उकालो बाटोमा चिप्लिदा भैँसीले च्यापेर मृत्यु भएको दैलेख जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कटुवाल नारायण नगरपालिकामा वडा सचिवमा कार्यरत रहेको प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर