टर्कीस राष्ट्रपति इर्दोगान भन्छन्: युक्रेन नेटो सदस्य बन्न लायक छ – Nepal Press

टर्कीस राष्ट्रपति इर्दोगान भन्छन्: युक्रेन नेटो सदस्य बन्न लायक छ

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयेप इर्दोगानले युक्रेन नेटो सदस्य बन्न योग्य भएको बताएका छन् ।

रुससँग निकट मानिने टर्कीले रुसले नचाहेको कुरामा सकारात्मकता देखाएको कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

शनिवार इस्तानबुलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै इर्दोगानले यस्तो बताएका हुन् ।

‘युक्रेन नेटो सदस्य हुनुको कुनै दुबिधा छैन’, इर्दोगानले पत्रकारहरूलाई भनेका थिए ।

जेलेन्स्कीले इर्दोगानको नेटो समर्थनको लागी खुशी व्यक्त गरे । यस्तै इर्दोगानले रुस र यक्रुेनको शान्तिको पक्षमा पुनः काम हुनुपर्ने बताए ।

इर्दोगानले युक्रेनलाई नेटो सदस्य बन्न योग्य भनेको समाचार रुसी सरकारी विश्व च्यानल आरटीले समेत प्राथामिकताकासाथ प्रकाशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर