घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु – Nepal Press

घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु

डोटी । डोटीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिवार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको हो । राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको र त्यसका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको छ ।

भत्किएको घरमा मृतक एक्लै रहेको उनका आफन्त तथा दिपायल सिलगढी नगरपालिका(६ का वडाध्यक्ष नरेश मलासीले जानकारी दिए । उनका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन् । उनी कैलालीबाट आउँदै गरेको मलासी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *