डान्सर सुशान्त खत्रीले किन गरे यस्ताे हतास पाेस्ट ? – Nepal Press

डान्सर सुशान्त खत्रीले किन गरे यस्ताे हतास पाेस्ट ?

काठमाडौं । डान्सर तथा कोरियोग्राफर आज सामाजिक सञ्जालमा एउटा पाेस्ट गरेका छन् जसले उनकाे मानसिक अवस्था ठीक नरहेकाे संकेत गर्छ ।

अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनले विक्षिप्त भावकाे पाेस्ट गरेका हुन् ।

सुशान्तले चाँडै नै अर्को एक कलाकार गुमाउनुपर्ने लेखेका छन्।

‘हामीले एकदम राम्रो कलाकार गुमायौं, उनकाे आत्माले शान्ति पाओस्, तपाईंहरुले चाँडै नै अर्को कलाकार पनि गुमाउँदै हुनुहुन्छ ।’

त्यस्तै, उनले अर्को पोस्टमा आफूसँग धेरै समय नभएको लेखेका छन् ।

‘मसँग धेरै समय छैन, भगवानले मेरो रक्षा गरुन्’, उनले लेखेका छन् ।

सुशान्तकाे याे पाेस्टले उनका फ्यानहरूलाई चिन्तित बनाएकाे छ । धेरैले उनलाई हिम्मत नहार्न सुझाएका छन् ।

यद्यपि सुशान्तले यस्ताे पाेस्ट क्षणिक आवेगमा पाेस्ट गरेका हुन् वा यसकाे कुनै गहिराे पृष्ठभूमि छ भन्ने स्पष्ट छैन ।

हिजो कलाकार सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर