मोरङको सुन्दरहरैंचाका लेखा अधिकृत दुईलाख घुससहित पक्राउ – Nepal Press

मोरङको सुन्दरहरैंचाका लेखा अधिकृत दुईलाख घुससहित पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन् । योजनाको बजेट फर फारक गर्नका लागि उनले घुस मागेका थिए ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले लेखा अधिकृत शेखर ढकाललाई पक्राउ गरेको हो ।

सुन्दर हरैचा नगरपालिकाका उपमेयर अकली चौधरीले अख्तियारले लेखा शाखामा छापा मारेको बताइन् । अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । ढकाललाई कार्यकक्षबाटै पक्राउ गरिएको हो ।

ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *