जुकरबर्ग र एलन मस्क आम्ने-साम्ने : बौद्धिक सम्पत्ति चोरीको आरोपमा थ्रेड्सलाई मुद्दा हाल्ने ट्वीटरको धम्की – Nepal Press

जुकरबर्ग र एलन मस्क आम्ने-साम्ने : बौद्धिक सम्पत्ति चोरीको आरोपमा थ्रेड्सलाई मुद्दा हाल्ने ट्वीटरको धम्की

काठमाडौं । ट्वीटरका बौद्धिक सम्पत्ति चोरी भएको आरोप लाउँदै ट्वीटरले थ्रेड्सलाई मुद्दा हाल्ने धम्की दिएको छ ।

फेसबुक तथा इन्स्टाग्रामका मालिक मार्क जुकरबर्गले सञ्चालन गरेको ट्वीटरको प्रतिस्पर्धी थ्रेड्स यही बुधबार मात्रै सार्वजनिक गरेका थिए ।

सोही सार्वजनिक भएको केहि दिनमै करोड बढी प्रयोगकर्ताहरु आएका थिए । यहीबीचमा थ्रेड्सलाई मुद्दा हालिएको बारेमा सार्वजनिक भएको छ । जुलाई ५ मा ट्वीटरले थ्रेड्सलाई लेखेको एक पत्रअनुसार मुद्दाको धम्की आएको हो ।

ट्वीटरलाई मुद्दा हाल्ने धम्कीको पत्र अहिले सार्वजनिक भएको छ भने यो पत्रको समाचार विश्वभर बनेका छन् । खासगरी रुसी मिडिया आरटीले यसलाई प्राथामिकताका साथ प्रकाशन गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *