गठबन्धनलाई ओलीको चुनौती- संसदमा मात्रै होइन, स्पट तोकेर बोलाए हुन्छ जहाँ भन्यो त्यही सामना गर्न तयार छौं (भिडिओ) – Nepal Press

गठबन्धनलाई ओलीको चुनौती- संसदमा मात्रै होइन, स्पट तोकेर बोलाए हुन्छ जहाँ भन्यो त्यही सामना गर्न तयार छौं (भिडिओ)

‘भारतले नेपालमा सरकार बनाउँछु अहिलेसम्म भनेको छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छिमिकी देश भारतले नेपालको सरकार बनाउँछु कहिल्यै नभएको दाबी गरेका छन् ।

स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको नाम जोडेर झुट बोलेको आरोप लगाए ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तैः

दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन। प्रितम सिंहले पत्रकार सम्मेलन गरिगरि भन्नुहुन्छ म प्रचण्डलाई प्रधानमन्त्री बनाउँन दिल्ली गएको होइन । उहाँले किन भन्नुहुन्छ तर म गएको छैन भनेर । प्रितम सिंहलाई पनि बेकार मुछ्नुभयो । भारतले नेपालमा सरकार बनाउँछु अहिलेसम्म भनेको छैन। दिल्लीले भन्दैन तर, नेपालको प्रधानमन्त्री भनिरहेका छन् । संसदले सरकार बनाउँने दिल्ली बनाउँछ ।

मेरा लागि पनि मान्छेहरु दौडिरहेका थिए । राष्ट्रियता र देशको सार्वभौम सत्तामाथि मजाक उडाइएको छ । हामीले राजीनामा माग गर्यौं । संविधान र संसदको अपमान भयो । सार्वभौम सत्ताको मजाक उडाइयो अति भयो भनेर । यो कुरा मामुली कुरा होइन । हिजो बिहान फेरि गठबन्धनको बैठक बस्यो । उनीहरुले हामीलाई मसल ठटाएर आह्वान गरे। पार्लामेन्टमै भेटौंला ।

अब प्रतिपक्षले भेट्न त परिहाल्यो । उहाँले के का लागि सामना गर्छौ भनेका हो । उहाँले वार्ता गछौं समस्याको समाधान गछौं भन्नुभएन । उहाँहरुले सामना गछौं भन्नुभएको छ । प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा भन्न चाहन्छु सत्तापक्ष पार्लामेन्टमा मात्रै होइन । जहाँ भन्छ त्यही तयार छौं । जहाँ भन्छ त्यही। स्पट तोकेर बोलाए हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर