मार्क जुकरबर्गले खोले नयाँ ट्विटर प्रतिस्पर्धी ‘थ्रेड्स’ – Nepal Press

मार्क जुकरबर्गले खोले नयाँ ट्विटर प्रतिस्पर्धी ‘थ्रेड्स’

काठमाडौं । फेसबुक र इन्टाग्राम जस्ता समाजिक सञ्जालका मालिक मार्क जुकरबर्गले ट्विटरको प्रतिस्पर्धीको रुपमा थ्रेड्स सामाजिक सञ्जाल बजारमा ल्याएका छन् ।

थ्रेड्स आएको एकै दिनमा लाखौं नयाँ प्रयोगकर्ताहरुले प्रवेश गरेका छन् । ट्विटरको प्रतिस्पर्धी मानिएको थ्रेड्समा धेरैले प्रवेश गर्नुमा ट्विटरले भेरिफाइड हुन लगाइएको शुल्कदेखि दैनिक पोस्ट भ्यूजमा लगाइएको नयाँ लिमिटसम्म भएको तर्क गरिएको छ ।

जुकरबर्गले थ्रेड्स ट्विटर जस्तो सञ्चालित नभएर स्वःचालित सामाजिक सञ्जाल हुने दाबी गरेका छन् ।

इन्साइडर इन्टेलिजेन्स नामक प्रविधि क्षेत्रको संस्थाकी ज्यास्मिन इङबर्गले रुसी सरकारी विश्व च्यानलसँग बोल्दै इन्स्टाग्रामा हरेक चार जनामा एकले मात्रै थ्रेड्स प्रयोग गरेमा ट्विटर जत्तिकै हुने बताएकी छन् ।

ट्विटरमा २८० शब्दको सीमा दिइए पनि थ्रेड्समा भने पाँच सयको व्यवस्था छ । यस अगाडि ट्विटर प्रतिस्पर्धीको रुपमा ट्रुथ सोसल पनि आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर