कांग्रेसका जिल्ला सभापतिहरूको बैठक सानेपामा – Nepal Press

कांग्रेसका जिल्ला सभापतिहरूको बैठक सानेपामा

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरणबारे छलफल भइरहेको महामन्त्री गगन थापाले बताए ।

दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल भइरहेको छ । बैठकमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं काँग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु सहभागी छन् ।

विधानअनुसार गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टीसञ्चालन तथा व्यवस्थापन लगायत सांगठनिक विषयमा पनि छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर