सभामुखलाई जोडेर आज कोशीमा सरकार गठनको दाबी गर्दै गठबन्धन – Nepal Press

सभामुखलाई जोडेर आज कोशीमा सरकार गठनको दाबी गर्दै गठबन्धन

विराटनगर । कोशी प्रदेशमा सरकार बनाउन गठबन्धन दलसँग राप्रपा सामेल नभए पनि सभामुखलाई जोडेर बहुमत दाबी गर्ने गठबन्धन दलहरूले तयारी गरेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तरगत रहेर सरकार गठनका लागि दिएको म्याद सकिन लाग्दा गठबन्धन दलले सभामुखलाई समेत जोडेर बहुमत भएको दाबी गर्ने तयारी गरेका हुन् ।

राप्रपा गठबन्धनमा नआएपनि सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने तयारी भएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

ओखलढुङ्गा १(२)बाट माओवादीका तर्फबाट विजयी भएका बाबुराम गौतम सभामुख भएसँगै उनले गएको पुस २८ गतेको कोशी प्रदेश सभाको बैठकमा सभामुख पदमा रहुन्जेलका लागि दलको सदस्यता त्याग गरेको घोषणा गरिसकेका छन् ।

सभामुखले दलको सदस्यता नै त्यागेको अवस्थामा कोशी प्रदेश सभामा माओवादीको १२ मात्रै सदस्य रहने संविधानविद् चन्द्रकान्त ज्ञवालीले बताए ।

एमालेले भने सभामुखलाई समेत जोडेर कोशी प्रदेशमा गठबन्धनले बहुमत सिद्ध गरे एमाले चुप लागेर नबस्ने बताएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले सभामुख गौतमले कोशी प्रदेश सभा समक्ष गएको पुस २८ गते नै दलको सदस्यता परित्याग गरेको घोषणा गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर