आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन सुरु, अब सम्पूर्ण प्रक्रिया अनलाइनबाटै – Nepal Press

आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन सुरु, अब सम्पूर्ण प्रक्रिया अनलाइनबाटै

यातायात व्यवस्था कार्यालय बाहिरको भीड र बिचौलिया प्रवृत्ति अन्त्य गरेरै छाड्छौं : मन्त्री ज्वाला

काठमाडौं । यातायात व्यवस्था कार्यालयहरु राजश्व बुझाउन अनलाइन प्रणालीको सुरुवात भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ ।

‘लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी बर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौ’, अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भने, ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौं, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छौं ।’

बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुभारम्भ गरेका हुन् । अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए ।

अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन मात्र जानुपर्नेछ ।

‘स्वास्थ्य परीक्षणपनि यातायात ब्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौ’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने ।

नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र लिएका छन् । उनीहरुको नवीकरण र वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नवीकरण पनि पाँच÷पाँच वर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुँदैछ ।

नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन । ‘त्यसका लागि मोवाइल नम्वरमा एसएमएस आउने ब्यवस्था गर्दैछौं’, महानिर्देशक भने ।

 


प्रतिक्रिया

3 thoughts on “आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन सुरु, अब सम्पूर्ण प्रक्रिया अनलाइनबाटै

  1. यो साह्रै सह्रानीय कामको शुरुवात भएको छ । यसका लागि यातायात मन्त्री ज्यु लाई मुरी मुरी धन्यवाद ।

  2. अति उत्तम कामकाे थालनि गराउनु भयाेमन्त्रि ज्युलाई कनेटिकाेटि धन्यवाद

  3. यो साह्रै राम्रो कामको शुरुवात गर्नु भएको छ । यसका लागि यातायात मन्त्री ज्यु लाई धेरै धेरै धन्यवाद छ।

    REPLY

Leave a Reply

Your email address will not be published. Required fields are marked *