कर्णाली प्रदेशसभा बैठक : बजेट पुस्तक नपाएको भन्दै एमालेको आपत्ति – Nepal Press

कर्णाली प्रदेशसभा बैठक : बजेट पुस्तक नपाएको भन्दै एमालेको आपत्ति

सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट पुस्तक हातमा नपरेकाे भन्दै आपत्ति जनाएको छ । कर्णाली प्रदेश सभाको २० औं बैठकमा प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको बजेटमाथिको छलफलकाे कार्यसूची रहेको थियो ।

त्यो भन्दा पहिला नै छलफल गर्नुपर्ने मन्त्रालयको बजेट पुस्तक सांसदको हातमा बजेट पुस्तक नआएको भन्दै एमालेका सांसद जितबहादुर मल्लले सुरुमै बजेटमाथिको छलफल अगाडि नबढाउन सभामुख नन्दा गुरुङलाई आग्रह गरे ।

बुधबार बजेटमाथिको छलफलअन्तर्गत मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ ।

सांसद मल्लले भने, ‘बजेटमाथिको छलफल भनिएको छ, सबै माननीयको हातमा विषयगत मन्त्रालयका किताबहरु प्राप्त भएको छैन । सम्भवत: एकदिन अगाडि, भएसम्म समय मिलाएर अध्ययन गर्न सक्ने वातावरण मिल्ने गरि किताब दिनुपर्छ । आफ्ना निर्वाचन क्षेत्रमा के कस्ता कार्यक्रम अवलम्बन भएको छन् । त्यसलाई सदनमा सम्बन्धित मन्त्रालय, मन्त्री र सरकारको नेतृत्व गरिरहने त्यसपछि मात्रै सल्लाह, सुझाव दिनुपर्ने हो ।’

सासंद मल्लले सबैभन्दा धेरै कार्यालय रहेको सामाजिक विकास मन्त्रालयको बजेट किताब अहिलेसम्म पाउ नसके भन्दै बैठक रोक्न आग्रह गरे ।

यस्तै, एमाले प्रमुख सचेतक टेकराज पछाईले पनि किताब प्राप्त नभइकनै छलफल चलाइनु उपयुक्त नभएको भन्नदै बैठक रोक्न आग्रह गरे ।

सत्तापक्ष कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पुस्तक नआएको विषयले स्थगित गर्नु भन्दा जुन किताब आएको छैन कार्यसूचीबाट हटाउन भन्दै अरु आएको बिषयमा छलफल गर्न सभामुखलाई आग्रह गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर