एमाले संसदीय दलको बैठक सुरु, प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्ने – Nepal Press

एमाले संसदीय दलको बैठक सुरु, प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्ने

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिबारे छलफल गर्न बैठक बसेको हो ।

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकाले त्यसबारे सदनमा गम्भीर भएर जवाफ माग्ने तयारी भएको एमालेका सचेत महेश बर्तौलाले बताए ।

उनले भने, ‘प्रधानमन्त्री जस्तो व्यक्तिले आफूलाई प्रधानमन्त्री बनाउन बाह्य व्यक्ति पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिनुहुन्छ । त्यो आपत्तिजनक छ । त्यो संसदकै पनि अपमान हो । प्रधानमन्त्री दिल्लीले होइन, संसदले बनाउने हो ।’

यस विषयमा प्रधानमन्त्रीको जवाफ नआए संसदमा अवरोध गर्ने एमालेको तयारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई कडा रुपमा प्रस्तुत हुन निर्देशन दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर