कांग्रेस लुम्बिनीको केन्द्रलाई आग्रह- भ्रातृ संगठनमा नियुक्ति गर्दा सम्बन्धित तहको सिफारिस खोजौं – Nepal Press

कांग्रेस लुम्बिनीको केन्द्रलाई आग्रह- भ्रातृ संगठनमा नियुक्ति गर्दा सम्बन्धित तहको सिफारिस खोजौं

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले पार्टी केन्द्रले आफूखुशी विभिन्न भ्रातृ संगठनमा गरेको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित तहको सिफारिसमा मात्र यस्ता नियुक्त गर्न आग्रह गरेको छ ।

नेपाली कांग्रेस लुम्बिनी लुम्बिनी प्रदेशको भालुभाङमा बसेको बैठक निर्णयको बुँदा नम्बर ११ मा यस्तो निर्णय सार्वजनिक गरिएको छ । केन्द्रीय समितिमा संस्थापन पक्ष बलियो भएपनि लुम्बिनी प्रदेश समितिमा इतर समूहको वर्चश्व रहेको छ ।

केन्द्रले गर्ने अधिकांश नियुक्तिमा संस्थापन पक्षका परेकाले पार्टीभित्र असन्तुष्टि बढेको छ । यसैगरी प्रदेश समितिले आफ्नो प्रदेश सम्मेलन आगामी भदौ महिनामा गर्ने निर्णय गरेको छ ।

सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवम सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताएका छन् ।

कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरुप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीविच समन्वयका साथ् अगाडी बढ्ने पनि कांग्रेस लुम्बिनीले बताएको छ ।

कांग्रेस लुम्बिनीले भात्री तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समितिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ ।

प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समयासमयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको कांग्रेस लुम्बिनीले विभिन्न विभागहरूलाई पूर्णता दिदै ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर