काठमाडौंको सीडीओमा जितेन्द्र – Nepal Press

काठमाडौंको सीडीओमा जितेन्द्र

काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव जितेन्द्र बस्नेतलाई दिइएको छ ।

गृह मन्त्रालयका सहसचिव एवम सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका उनलाई उपप्रधान एवम गृहमन्त्री नाराणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

बस्नेतले गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार सहसचिवबाट सविचमा बढुवा भएपछि प्रमुख जिल्ला अधिकारीको पद रिक्त भएको थियो ।

बस्नेत गृह मन्त्रालय आउनु अघि सुदूरपश्चिम प्रदेशको आर्थिम मामिला मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । त्यसअघि उनले राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *