आइएमई लाइफको आईपीओ भोलिबाट मात्रै भर्न पाइने – Nepal Press

आइएमई लाइफको आईपीओ भोलिबाट मात्रै भर्न पाइने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिहीबारबाट मात्रै बिक्री हुने भएको छ ।

बुधवारदेखि बिक्री खुला गर्ने तयारी भएपनि प्राविधिक कारण असार २१ गते बिहीबारबाट बिक्री खुलाउने तयारी भएको कम्पनीले जनाएको छ । असार २५ गतेसम्म आईपीओका लागि आवेदन दिने सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमा १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि ६ लाख कित्ता सामूहिक लगानी कोषको लागि, ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ९६ लाख कित्ता शेयरमा सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर