भारत नवौँपटक साफ च्याम्पियन – Nepal Press

भारत नवौँपटक साफ च्याम्पियन

काठमाडौं। कुवेतलाई सडन डेथमा पराजित गर्दै भारत नवौँपटक साफ च्याम्पियन बनेको छ। मंगलबार राती भएको फाइनल निर्धारित र अतिरिक्त समय  १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरका सुरुका ५-५ प्रहारमा दुवै टोलीले ४-४ गोल गरेका थिए। छैटौँ प्रहारमा भारतले गोल गरेको थियो भने कुवेतका कप्तान खालेद हजिआले गरेको प्रहार भारतीय गोलरक्षकले रोकेका थिए। त्यसअघि खेलको १४ औँ मिनेटमा कुवेतले अग्रता लिएको थियो। तर ३८ औँ मिनेटमा भारतले खेल बराबरीमा ल्याएको थियो।

साफ च्याम्पियनसिपका हालसम्म भएका १४ संस्करणमध्ये भारत १३ वटामा फाइनल पुगेको छ भने ९ वटामा विजेता बनेको हो।

यसपटक कुवेत र लेबनानलाई आमन्त्रित टोलीका रुपमा सहभागी गराइएको थियो। भारतले सेमिफाइनलमा लेबनानलाई पनि टाइब्रेकरमा हराएको थियो। भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९,२०११, २०१५ र २०२१ मा पनि साफ च्याम्पियनसिप जितेको थियो। नेपालले यो प्रतियोगिता हालसम्म जित्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर