वेस्ट इन्डिजपछि जिम्बावे विश्वकपमा छनोट हुन असफल – Nepal Press

वेस्ट इन्डिजपछि जिम्बावे विश्वकपमा छनोट हुन असफल

काठमाडौं । जिम्बावे पनि एक दिवसीय विश्वकपमा छनोट हुन असफल भएको छ । सुपर सिक्सको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएपछि जिम्बावेले विश्वकपमा स्थान बनाउन चुकेको हो ।

घरेलु मैदानमा जारी विश्वकप छनोटमा ५ खेलबाट ६ अंक भएको जिम्बावे तालिकाको तेस्रो स्थानमा रहेको छ । चार खेल खेलेको श्रीलंकाको ८ अंक छ ।

दोस्रो स्थानमा उक्लिएको स्कटल्यान्डको ४ खेलबाट ६ अंक छ । स्कटल्यान्डले जारी छनोटमा वेस्ट इन्डिज र आयरल्यान्ड जस्ता टेस्ट टोलीलाई पनि हराएको थियो ।

वेस्ट इन्डिज पनि आगामी विश्वकपमा छनोट हुन चुकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर