एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित – Nepal Press

एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित

रुपन्देही । लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच विनियोजन विधेयक पारित गरिएको छ । दोस्रो अधिवेशनको १५ औं बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

एमाले सांसदहरुले नारा लगाइरहेका बेला सभामुख तुलाराम घर्तीले विधेयकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरेका थिए।

आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्न्धबमा व्यवस्था गर्न बनेको विधेयक पारितका लागि निर्णयार्थ पेस गर्ने क्रममा रोष्ट्रम घेराउ गरिएको थियो । बैठकअघि बढ्न नसकेपछि एक घण्टाको लागि बैठक स्थगित गरिएको छ ।

सरकार र विपक्षी दलको बीचमा वार्ताको लागि भन्दै एक घण्टा बैठक स्थगित गरिएको हो । सरकारले ल्याएको बजेटमा असहमति जनाउदै एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमालेले सरकारले विपक्षीको आवाज सुन्न नखोजेको र सभामुखले पनि सरकारी पक्षलाई आधार मानेर अगाडि बढेको आरोप लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर