‘मन्त्रीको ध्यान संस्कृतितिर गएन’ – Nepal Press

‘मन्त्रीको ध्यान संस्कृतितिर गएन’

काठमाडौं । मन्त्रालयको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन भए पनि अहिलेसम्म बनेका मन्त्रीको ध्यान भने पर्यटन र नागरिक उड्डयनतिर मात्र गई संस्कृति ओझेलमा परेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथिको छलफल कार्यक्रममा सांसद रामचन्द्र राईले नागरिक उड्डयनको पाटोमा बढी ध्यान दिई मन्त्रीहरुले संस्कृतितिर ध्यान नदिएको आरोप लगाए ।

नेपाल भाषाभाषीको धनी देश भएको उल्लेख गर्दै उनले ७० भाषा जनजातिले बोल्ने भए पनि त्यसमा सरकारको ध्यान नगएको बताउनुभयो । भौतिक एवं अभौतिक सम्पदा संरक्षणमा मन्त्रालयले ध्यान दिन नसकेको राईको भनाइ थियो । संस्कृतिलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेर भौतिक एवं अभौतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनले बताए ।

बैठकमा सांसद गोपाल भट्टराईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामचन्द्र राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौती र शारदादेवी भट्टले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि छुट्याइएको बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये चार मन्त्रालयका विषयमा विचार राखिन् ।

छलफलमा भाग लिँदै सांसद सोनाम गेल्जेन शेर्पाले स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर