आयरल्यान्डले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा उत्रँदै नेपाल – Nepal Press

आयरल्यान्डले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा उत्रँदै नेपाल

काठमाडौं । विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि नेपालले आयरल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्न भएको छ। आयरल्यान्डले टस जितेर बलिङ रोजेको हो।

यसअघि सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनलमा नेपालले यूएई र आयरल्यान्डले अमेरिकालाई हराएका थिए। आयरल्यान्ड टेस्ट मान्यताप्राप्त टोली हो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म टेस्ट टोलीलाई हराउन सकेको छैन। यसअघि वेस्ट इन्डिज र जिम्बाबेसँग प्रतिस्पर्धा गरेकामा दुवैमा पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर