वातावरण बिगार्ने घर बनाएका नेइमारलाई ३३ लाख डलर जरिवाना – Nepal Press

वातावरण बिगार्ने घर बनाएका नेइमारलाई ३३ लाख डलर जरिवाना

काठमाडौं । ब्राजिलका प्रसिद्ध विश्व फुटबल खेलाडी नेइमारले वातावरण बिगार्ने घर बनाएकोमा ३३ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

जर्मनीको विश्व च्यानल डडब्लूका अनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियो क्षेत्रकै तटिय सहर मांगारातिबाको समुद्र किनारमा नेइमारले बनाएको लाखौँ डलरको निर्माणाधीन भवन क्षेत्रले वातावरण बिगारेको भन्दै उनलाई आफ्नो विशाल भवन क्षेत्रमा कृत्रिम ताल बनाएको भन्दै जरिवाना तिराइएको छ ।

नेइमारलाई स्थानीय सरकारले उक्त जरिवाना तिराएको हो । कृत्रिम ताल र बिच बनाउँदै गरेको सबै काम स्थानिय अधिकारीहरुले रोकेका छन् भने वातावरण कानुन पालन नगरेको भन्दै गत महिनानै चेतावनी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर