लघुवित्त पीडितको गुनासो सुन्न राष्ट्र बैंकमा गुनासो सुनुवाइ डेस्कको स्थापना – Nepal Press

लघुवित्त पीडितको गुनासो सुन्न राष्ट्र बैंकमा गुनासो सुनुवाइ डेस्कको स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त पीडितको गुनासो सुन्न छुट्टै गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ ।

केन्द्रीय बैंकले घ वर्गका लघुवित्ति वित्तिय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवालाको गुनासो सुन्न छुट्टै डेस्कको स्थापना गरिएको बताएको छ ।

यस डेस्कमा गुनासो राख्न टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको केन्द्रिय बैंकले जनाएको छ । यस्तै, इमेल मार्फत पनि गुनासो दर्ता गर्न सकिनेछ । पछिल्लो समय लघुवित्त प्रति जयादा गुनासो आउने गरेको छ ।

पीडितहरुले राष्ट्र बैंकले समेत गुनासो नसुनेको आरोप लगाउँदै आएका थिए । लघुवित्तहरुले ऋणीमाथि ज्यादती गरेको आरोप लाग्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर