विश्वविद्यालय शिक्षा सुधार्न अखिल क्रान्तिकारी पवन कार्की समूहले बुझायो ११ बुँदे माग – Nepal Press

विश्वविद्यालय शिक्षा सुधार्न अखिल क्रान्तिकारी पवन कार्की समूहले बुझायो ११ बुँदे माग

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) पवन कार्की समूहले विश्वविद्यालय शिक्षामा सुधारका लागि विश्वविद्यालय अनुदान आयोगसमक्ष ११ बुँदे माग पत्र बुझाएको छ ।

संगठनका संयोजक पवन कार्कीले सानोठिमी भक्तपुरस्थित आयोगका अध्यक्षलाई माग पत्र बुझाएका हुन् । संगठनले देशभरका विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा स्ववियुमा निर्वाचित प्रतिनिधिहरुको साझा स्ववियु काउन्सिल बनाउनुपर्ने माग राखेको छ । त्यस्तै, देशमा कानून, इन्जिनियरिङ र चिकित्सा क्षेत्रका छुट्टाछुट्टै विश्वविद्यालय सञ्चालन गर्नुपर्ने, २८ सालमा जारी भएको शिक्षा एन खारेज गरी संघीय शिक्षा ऐन निर्माण गर्नु पर्ने तथा विश्वविद्यालयका पदाधिकारीहरुको दलीय भागवण्डा अन्त्य गरी खुल्ला प्रतिस्पर्धाद्वारा योग्य र सक्षम व्यक्ति नियुक्तिको व्यवस्था गर्नुपर्नेलगायतका माग रहेका छन् ।

संगठनले आयोगमार्फत बोधार्थका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा सबै विश्वविद्यालयहरुलाई उल्लेख गरेको छ ।

यस्ता छन् ११ बुँदे मागहरुः


प्रतिक्रिया

One thought on “विश्वविद्यालय शिक्षा सुधार्न अखिल क्रान्तिकारी पवन कार्की समूहले बुझायो ११ बुँदे माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर