अमेरिकी ट्रेजरी सेक्रेटरी तीन दिने चीन भ्रमणमा जाँदै – Nepal Press

अमेरिकी ट्रेजरी सेक्रेटरी तीन दिने चीन भ्रमणमा जाँदै

काठमाडौं । अमेरिकी उच्च अधिकारीहरूको चीन भ्रमणमा निरन्तरता दिँदै अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेन तीन दिने चीन भ्रमणमा जाने भएकी छिन् । यही जुलाई ६ देखी ९ सम्म येलेन चीन भ्रमणमा जाने भएकी छन् ।

चीनसँगको बढ्दो असमझदारी घटाउन येलेनको भ्रमण महत्त्वपूर्ण हुने विश्व मिडियाहरूले उल्लेख गरेका छन् ।

येलेनले चीनका उच्च अधिकारीसँग भेटघाट गरेपनि राष्ट्रपति सी सँग भने भेट नहुने बताइएको छ ।

ट्रेजरी डिपार्टमेन्टले जारी गरेको सूचना अनुसार विश्वका दुई ठूला अर्थतन्त्रहरू बिचको सम्बन्ध व्यवस्थापन र सुधारको लागी भ्रमण हुन लागेको हो ।

यस अगाडि अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कन गत जुन १६ देखी २१ सम्म चीन भ्रमणमा रहेका थिए ।

उनी चीन भ्रमण गर्ने पछिल्लो पाँच वर्षका पहिला उच्च अधिकारी थिए । ब्लिन्कनको चीन भ्रमणसँगै जेनेट येलेनको अर्को भ्रमण हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर