गुरु पूर्णिमाको अवसरमा व्यास नगरपालिकामा बिदा – Nepal Press

गुरु पूर्णिमाको अवसरमा व्यास नगरपालिकामा बिदा

तनहुँ। गुरु पूर्णिमाको दिन व्यास नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको हो ।

महर्षि बेदब्याँसको जन्मस्थान मानिँदै आएको उक्त स्थानमा गुरु पूर्णिमाका दिन बिदा दिइएको हो ।

गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको पनि सो नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घ संस्था बन्द रहने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *