तलब नपाएका कर्मचारीको स्थायी समाधान गर्न स्वास्थ्यकर्मी महासंघको माग – Nepal Press

तलब नपाएका कर्मचारीको स्थायी समाधान गर्न स्वास्थ्यकर्मी महासंघको माग

काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहन बस्नेत तथा सचिवलाई भेटेर कर्मचारीले १२ महिनासम्म तलब भत्ता नपाएकोले तुरुन्त तलब भत्ता पठाउनको लागि र फाजिल, समायोजन संशोधन तथा कामकाजमा रहेका कर्मचारीको स्थायी समाधानको लागि माग गरेको छ ।

उपमसचिव अमृता बरालले माग समाधान नभए कानूनी उपचारमा पनि जाने बताइन् । ‘स्थानीय तहमा तलब नपाएका स्वास्थ्यकर्मी हरुको तलब तुरुन्त पठाउन र समस्याको स्थायी सामाधानको लागि मन्त्री सचिवको ध्यानाकर्षण गाएरका छौं यदि यसरी नै तलब भत्ता नदिने र समस्याको स्थायी समधान नखोजिए दबाबका कार्यक्रमको साथै कानूनी उपचारमा पनि जान्छौं’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *