कानूनमन्त्रीको दाबी- अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले हेलचेक्र्याइँ गर्दैन – Nepal Press

कानूनमन्त्रीको दाबी- अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले हेलचेक्र्याइँ गर्दैन

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचेक्र्याइँ नगरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँबायाँ केही पनि नहेर्ने स्पष्ट पारे ।

उनले भने, ‘कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन । यसको हेलचेक्र्याइँ भइरहेको सन्दर्भ उठेको छ । पटक्कै हेलचक्र्याइँ गर्न खोजिएको छैन । माथि होस् कि तल, दायाँ होस् कि बायाँ कोही पनि पीडकलाई छोड्नुहुन्न । हामी न्यायको पक्षमा उभिन्छौं ।’

सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि पटकपटक दोहोराए । सरकार अहिले पनि कसैको अनुहार नहेरी अघि बढेको मन्त्री गुरुङले जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *