पहिरोले पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध – Nepal Press

पहिरोले पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध

रुपन्देही । लगातार परेको वर्षापछि आएको पहिरोले पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित खसेको पहिराले सडक अवरुद्ध भएको छ।

राम्दीदेखि रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो खसी सडक अवरुद्ध भएको छ। लेदो हटाउन २ वटा मेशिन तयारी अवस्थामा रहे पनि लगातारको वर्षाको कारण काम गर्न कठिनाइ भएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदीपमणि निरौलाले बताए।

तानसेन रिडी सडक खण्डको ढुङ्गाखानीको तिन लाकुरी खण्डमा पनि पहिरो झरी सडक अवरुद्ध भएको छ। उक्त सडकलाई खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। तानसेन रानी महल सडक खण्डको रानी महलमाथि पनि पहिरो खसी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

तानसेन बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्रमा बगेको लेदो तथा पहिरोले अवरुद्ध भएको सडक पहिरो र लेदो पन्छाएर एकतर्फी रूपमा सञ्चालनमा आएको डिभिजन प्रमुख निरौलाले बताए।

यस्तै पाल्पा पूर्वखोलाको हेक्लाङ्ग, रम्भाको फोक्सिङकोट सडकखण्डमा पनि पहिरो झरेर आवतजावत बन्द भएको ताहुँ प्रहरी चौकीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *