मकवानपुरमा ३ केजी ४६० ग्राम अफिमसहित एक शिक्षक पक्राउ – Nepal Press

मकवानपुरमा ३ केजी ४६० ग्राम अफिमसहित एक शिक्षक पक्राउ

हेटौंडा । मकवानपुरमा लागुऔषध अफिमसहित एकजना शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका- ३ कालिकाटारस्थित भवानी माविका अस्थायी शिक्षक मनहरी- ७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद दर्जी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बिहीबार राक्सिराङबाट मनहरी जाँदै गरेको बा ५३ प ४५३९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा चालक फरार भएको र मोटरसाइकलमा सवार दर्जीलाई ३ केजी ४६० ग्राम अफिमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले दर्जीको साथबाट नगद ५० हजार रुपैयाँ पनि बरामद गरिएको जनाएको छ । प्रहरीले फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *