मध्यावधिको पक्षमा छैन : हिक्मत कार्की – Nepal Press

मध्यावधिको पक्षमा छैन : हिक्मत कार्की

विराटनगर । कोशी प्रदेशसभाबाट विश्वासको मत नपाएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूहरु मध्यावधिको तयारीमा नभएको बताएका छन् । उनले एमाले मध्यावधिको पक्षमा नरहेको बताए । पत्रकारसँग कुराकानी गर्दै आफू प्रक्रियामा गएको बताए ।

उनले आफू संविधान र कानूनको पक्षमा रहेको देखाउन मत विभाजनमा गएको बताए ।

विश्वासको मत लिने कार्कीको प्रस्ताव शुक्रबार मात्र प्रदेशसभाले अस्वीकृत गरेको थियो । प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ चाहिन्थ्यो । कार्कीले विश्वासको मत नपाएसँग एमाले नेतृत्वको सरकार ढल्यो भने अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर