बजेट पारित भएपछि ओली- सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्‍यो (भिडिओ) – Nepal Press

बजेट पारित भएपछि ओली- सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्‍यो (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् ।

प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास ९९.९९ प्रतिशतबाट घटेर ५३ मा आइपुगेको बताए ।

उनले भने, ‘बजेट पारित हुन्छ भन्ने थाहा थियो । हामी प्रक्रियामा गएका हौं । सरकारको विश्वास ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो ।’

पहिलो पटक विश्वासको मत पाउँदा सदनको सबै मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएका थिए । तर, अहिले बजेट पारित गर्ने क्रममा आइपुग्दा पक्षमा १ सय ४७ सांसद मात्रै उभिए ।

बजेटको विपक्षीमा १ सय ८ मत परेको थियो। सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीले पनि विपक्षमा मतदान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर