कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथि छलफल हुने – Nepal Press

कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथि छलफल हुने

सुर्खेत। आज कर्णाली प्रदेश सभाको बैठक बस्दै छ ।

प्रदेशसभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ ।

प्रदेश सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम माथि आजबाट छलफल सुरु हुनेछ ।

मन्त्रालयगत रूपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर