ललिता निवास प्रकरणमा पक्राउ परेका मालपोतका तीन पूर्व कर्मचारीहरु छुटे – Nepal Press

ललिता निवास प्रकरणमा पक्राउ परेका मालपोतका तीन पूर्व कर्मचारीहरु छुटे

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मालपोतका तीन पूर्व कर्मचारीहरु छुटेका छन् ।

उनीहरुले पक्राउ पूर्व नै स्टे अर्डर लिएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले उनीहरुलाई छोडेको हो ।

डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भुपेन्द्रमणी केसीले पक्राउ परेपछि स्टे अर्डर देखाएपछि ब्यूरोले उनीहरुलाई छोडेको हो ।

आफूहरुलाई पक्राउ नगर्न माग गर्दै यसअघि उनीहरुले अदालतसँग आदेश लिएको देखिएको थियो ।

प्रहरीले यो प्रकरणमा भाटभटेनीका सन्चालक मिनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई मंगलबार पक्राउ गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *