बजेटको पक्षमा मतदान गर्न माओवादीको सांसदहरुलाई ह्वीप – Nepal Press

बजेटको पक्षमा मतदान गर्न माओवादीको सांसदहरुलाई ह्वीप

काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटसम्बन्धी भोलिको बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।

पाण्डेले सांसदहरुलाई भनेका छन्, ‘असार १३ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्न हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते प्रस्तुत गरेको बजेट भोलि सदनबाट पारित हुँदैछ । बजेटको विषयलाई लिएर सत्ता गठबन्धनमा असन्तुष्टि छ ।

असन्तुष्टिका बीच नेपाली कांग्रेसले पनि सांसहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर