कांग्रेसले भन्यो- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन, अर्थमन्त्रीबाट प्रतिबद्धता आउँछ (भिडिओ) – Nepal Press

कांग्रेसले भन्यो- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन, अर्थमन्त्रीबाट प्रतिबद्धता आउँछ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहतमा राख्ने सरकारको निर्णय खारेज हुने अर्थमन्त्रीबाट प्रतिबद्धता आउने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरू पनि सरकारले फिर्ता गर्ने प्रतिबद्धता गरिसकेकाले हुने बताए।

उनले भने, ‘म नेपाली कांग्रेस संसदीय दलको तर्फबाट पनि आग्रह गर्छु। हाम्रो पनि सहमति भएकाले त्यो प्रतिबद्धता हुन्छ। आयोगका विभिन्न कार्यालयमा गाभ्ने भन्ने कन्फ्युजन भएको छ आयोगका कार्यालयहरू स्वतन्त्र नै रहने गरी अर्थमन्त्रीले आजै प्रतिबद्धता जनाउनुहुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर