८५ अर्बले बढ्यो निक्षेप, कर्जा ठप्प – Nepal Press

८५ अर्बले बढ्यो निक्षेप, कर्जा ठप्प

काठमाडौं । बैशाख यता बैंक तथा वित्तिय संस्थाको निक्षेप ८५ अर्ब रुपैयाँले बढेको छ । चैत मसान्तसम्म ५४ खर्ब ८५ अर्ब निक्षेप रहेकोमा बैशाखमा १० अर्बले बढेर बैशाख मसान्तसम्म ५४ खर्ब ९५ अर्ब पुगेको थियो ।

जेठ यता मात्र ७५ अर्बले निक्षेप बढी सकेको छ । असार ९ गतेसम्म बैंक तथा वित्तिय संस्थाको निक्षेप ५५ खर्ब ७० अर्ब पुगिसकेको छ । यद्यपि यो अवधिमा बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको कर्जा भने लगभग शुन्यको अवस्थामा देखिएको छ ।

बरु बैशाख यता ३२ अर्बले कर्जा प्रवाह घटेको छ । चैत मसान्तसम्म ४८ खर्ब ८९ अर्ब रहेको कर्जा प्रवाह बैशाख मसान्तमा आइपुग्दा १० अर्बले कर्जा लगानी घटेर ४८ खर्ब ७९ अर्ब रहेको देखिन्छ । त्यसपछि असार ९ गतेसम्म आइपुग्दा कर्जा लगानी ४८ खर्ब ५७ अर्बमा सिमित रहेको केन्द्रिय बैंकको तथ्यांक छ ।

बैंक तथा वित्तिय संस्थाले कर्जाको ब्याजदर उच्च लिएकै कारण कर्जा प्रवाहमा कमी आएको हो । उद्योगी व्यवसायीले बढी ब्याजदर तिरेर कर्जा लिन नसक्ने बताउँदै आएका थिए । यद्यपि पछिल्लो समय कर्जाको ब्याजदरमा समेत केही कमी आएको छ ।

अहिले बैंकिङ सिस्टममा अत्यधिक तरलता (लगानी योग्य रकम) हुँदा केन्द्रिय बैंकले दुर्इ पटक बजारबाट तरलता तानिसकेको छ । पैसा बढी भएपछि बैकहरुले एक आपसमा गर्ने कारोबारको (अन्तर बैंक)ब्याजदर पनि ७ प्रतिशतबाट २.६५ प्रतिशतमा झरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर