सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति, दाजुपछि भाइसँग सुरु भएको हो परमिताको रोमान्स ? – Nepal Press

सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति, दाजुपछि भाइसँग सुरु भएको हो परमिताको रोमान्स ?

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठले गरेको विवाहले मिडिया र सोसल मिडियालाई गसिपका थुप्रै शीर्षक दिइरहेको छ । कतिले उनीहरुको विवाहलाई उदाहरणीय भन्दै बधाइ दिएका छन् त कतिले नचाहिँदो तमासा देखाएको भनेर खिज्याएका छन् ।

रविनाको विवाहका तस्वीर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहँदा एउटा नयाँ चर्चाले सरगर्मी बढाइदिएको छ । यो चर्चा हो, रविनाका छोरा तथा प्रियंकाका श्रीमान आयूष्मानकी पूर्वप्रेमिका परमिता आरएल राणाको आयूष्मानका भाइ आशिरमानसँग निकटता । रविनाको विवाहमा परमिता उपस्थित मात्र थिइनन्, उनी यत्रतत्र छाएकी थिइन् ।

सार्वजनिक भएका फोटो र भिडिओले परमिता र आशिरमानबीच नयाँ सम्बन्धको विजारोपण भइरहेको संकेत गर्छन् । विवाहपछि रविना र उनका श्रीमान बसन्तपुर दरबार स्क्वार घुम्न जाँदा आशिरमान र परमिता उनीहरुसँगै देखिएका थिए ।
सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकाको उपस्थितिलाई प्रियंकाले पनि अन्यथा लिइनन् ।

बरु एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा प्रियंका परमितासँग रमाउँदै डान्स गरिरहेको देखिन्छिन् । श्रीमती र पूर्वप्रेमिकाको यो अन्तरघुलनलाई लिएर धेरैले अनौठो मानेका छन् ।

त्योभन्दा अनौठो चाहिँ दाजुसँग ब्रेकअप भएपछि भाइसँग प्रेम (यदि सत्य हो भने) हो । तर प्रियंकाको परिवारलाई बुझेकाहरुका लागि यो कुनै अनौठो कुरा होइन । यो ‘उत्तर आधुनिक’ परिवारमा जे पनि सम्भव छ ।

स्मरणीय छ कि परमिता र आयुष्मान लामो समय प्रेममा थिए । प्रियंकासँग प्रेम सुरु भएपछि आयुष्मान परमितासँग टाढिए । प्रियंकाले आयुष्मानलाई कुनै समय भाइ भन्थिन् । पछि प्रेम परेर विवाह गरेकी हुन् । उनीहरुबाट एक छोरी छिन् ।

 


प्रतिक्रिया

4 thoughts on “सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति, दाजुपछि भाइसँग सुरु भएको हो परमिताको रोमान्स ?

  1. लाज शरम छैन पश्चिमा हरु को सस्कार मा रमाउन चाहाने हरु लाइ जे पनि छुट

  2. कहि नभएको जात्रा हाडिगाउ हाे कि के भन्थे 🤣🤣🤣🤣

  3. स्वतन्त्रताको नाममा म्रो समाज गलत बाटोमा नजावस।

  4. नेपालमा पनि समय सङ्गै सस्कार बद्लियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *