पशुपतिको जलहरी निकालियो, अख्तियारले जोख्दै (भिडिओ) – Nepal Press

पशुपतिको जलहरी निकालियो, अख्तियारले जोख्दै (भिडिओ)

काठमाडौं । पशुपतिनाथको जलहरी निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार जलहरी निकालेको हो ।

आयोगको टोलीले जलहरीमा प्रयोग भएको सुनको मात्रा नाप तौल गर्न जलहरी निकालेको हो ।

जलहरीको सुन टोलीले मन्दिर परिसरमा जोख्ने जनाएको छ । त्यस क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने सीसीटीभी जडान गरिएको छ । जलहरीमा जडित सुनको विषयमा विवाद उत्पन्न भएपछि अख्तियारले नाप जाँच गर्न लागेको हो ।


प्रतिक्रिया

One thought on “पशुपतिको जलहरी निकालियो, अख्तियारले जोख्दै (भिडिओ)

  1. नपुगे तिर्न सम्बन्धित पक्षलाई तत्कालीन समितिलाई र सरोकार वालालाई तिर्न लगाउने र बदमासी भएको भए कारबाही गर नत्र अनावश्यक हल्ला फिजाउनेलाई सामाजिक अपराध मा कारबाही गर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर