इटहरी उपमहानगरको बजेट २ अर्ब ३५ करोड ३१ लाख (पूर्णपाठ) – Nepal Press

इटहरी उपमहानगरको बजेट २ अर्ब ३५ करोड ३१ लाख (पूर्णपाठ)

विराटनगर । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार १३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन् ।

उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ ।

जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ ।

इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।
उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ ।

इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्न पनि बजेट छुट्याएको छ ।

यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी कोशी प्रदेशको महानगरउन्मुख सहर हो । यहाँ इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटि स्क्यान, भिडियो एक्सरे तथा आईसियु भेण्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा सञ्चालान गर्न बजेट छुट्याएको उपप्रमुख चौधरीले उल्लेख गरिन् ।

वैशाख १५ गतेदेखि मात्र इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी स्तरोन्नति सेवा सुरु भएको थियो । अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ ।

सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिदिनै बढ्दै छ । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ ।

शिक्षाको भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धि लाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा रुपान्तरण गर्न बजेट बिनियोजन गरिएको छ । विद्यार्थीहरुलाई अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि बजेट छुट्याइएको छ। इटहरीमा रात्रिकालिन बजार सञ्चालन गरिने भएको छ ।

यस्ताे छ बजेटकाे पूर्णपाठ:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर