जसपाको विधान अधिवेशन सुरू, पार्टीलाई एकल नेतृत्वमा फर्काएर शक्तिशाली बन्दै उपेन्द्र यादव – Nepal Press

जसपाको विधान अधिवेशन सुरू, पार्टीलाई एकल नेतृत्वमा फर्काएर शक्तिशाली बन्दै उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा नेपाल) को विधान अधिवेशन सुरू भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा अधिवेशन सुरु भएको हो।

अधिवेशनले संघीय परिषद् खारेज गरेर जसपालाई पुनः एकल नेतृत्वतर्फ फर्काउने पार्टीका प्रवक्ता मनिष सुमनले बताए। यो सँगै अध्यक्ष उपेन्द्र यादव पार्टीमा थप शक्तिशाली बन्छन्। पहिला संघीय परिषद् अध्यक्ष पनि रहने व्यवस्था थियो।

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी छन्।

विधान अधिवेशनमा आज विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ ।

१२ गते विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्य तालिका बनाइएको छ । आज बैठकमा प्रस्तुत गर्ने विधानको मस्यौदा हिजो केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर