वाग्नर समूहले युद्ध त्याग गरेपछि नाइके र लडाकुलाई रुसले कारबाही नगर्ने – Nepal Press

वाग्नर समूहले युद्ध त्याग गरेपछि नाइके र लडाकुलाई रुसले कारबाही नगर्ने

काठमाडौं । रुसी सेना विरुद्ध धावा बोलेको रुसी भाडाका सैनिक नेतृत्व गर्ने नीजि कम्पनी वाग्नरका नाइके येभ्गेनी प्रीगोजिनलाई रुसले सजाय नदिने भएको छ।

उनलाई बेलारुस पठाउने भएको छ भने उनका सैनिकहरूलाई निःशस्त्र बनाइने भएको रुसी सरकारी प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ।

युक्रेनी फ्रन्टलाइनमा गरेको त्यागको लागि वाग्नर नाइके र लडाकु कसैलाई पनि कारबाही नहुने पेस्कोभले बताएका छन् ।

दक्षिण रुसी सहर रोस्तोभ अनदोन कब्जा गरेर मस्कोतर्फ आफ्ना सैनिक लिएर आएका वाग्नर सैनिकहरूलाई रुसले हतियार त्याग आग्रह गरेको थियो।

मस्को पुग्नु २०० किलोमिटर अगाडि मात्रै वाग्नर नाइकेले रुसी आग्रह मानेका थिए। रक्तपात रोक्न भन्दै उनले आफ्ना सैनिकलाई हट्न टेलिग्राममा आग्रह गरेका थिए ।

मस्कोतर्फ आएर वाग्नर समूह र रुसी सैन्य भिडन्त टार्नलाई बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले सहजीकरण गरेका थिए ।

अहिले वाग्नर नाइकेलाई पनि बेलारुस पठाइनुले उनको समन्वयको सेटलमेन्टको प्रभावकारिता देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर