वाग्नर समूहसँगको तनावसँगै पुटिनको पतन सुरु हुनसक्छ : रुसका पूर्व प्रधानमन्त्री – Nepal Press

वाग्नर समूहसँगको तनावसँगै पुटिनको पतन सुरु हुनसक्छ : रुसका पूर्व प्रधानमन्त्री

काठमाडौं । रुसका पूर्व प्रधानमन्त्री मिखाइल काश्यानोभले वाग्नर सैन्य समूहसँगको तनाव पुटिनको पतनको सुरु हुनसक्ने बराएका छन् ।

कुनै समयमा पुटिनको मातहत काम गरेर पछि विपक्षी कित्तामा गएका पूर्व प्रधानमन्त्री काश्यानोभले ल्यातभियाबाट बोल्दै जर्मनीको सरकारी विश्व च्यानल डिड्ब्लुसँग बोल्दै यस्तो दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘(वाग्नर प्रमुख)प्रीगिजिनसग पुटिनले दुई दिनमै समाधान ननिकालेमा ठूलो समस्या हुनेवाला छ। यसको मतलब पुटिन सत्ताको तीव्र पतन।

काश्यानोभ रुसको युक्रेन युद्धका विरोधी हुन् । सन २०२२ जुनमा उनले रुस छोडेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर