नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी – Nepal Press

नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत जारि समूह चरणको दोस्रो खेलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा जारि खेलको पहिलो हाफमा दुवै टिमले गोलगर्ने अवसरहरु सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् ।

पहिलो खेलमा कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको नेपाललाई साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्भावना बचाउन आजको खेलमा भारतलाई हराउनै पर्ने दबावमा छ ।

आजको खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनिसले नेपाली टिममा कुवेतसँग खेलेको सुरुआती ११ मा तीन परिवर्तन गरेका छन् ।

नवयुग श्रेष्ठ, पुजन उपरकोटी र बिमल पाण्डेलाई बेन्चमा राख्दै बिमल घर्ती मगर, देवेन्द्र तामाङ र आयुष घलानले सुरुआती ११ मा स्थान पाएका छन् ।
नेपालको सुरुआती ११ः किरण कुमार लिम्बु, अनन्त तामाङ, लकेन लिम्बु, एरिक बिष्ट, बिमल घर्ती मगर, आयुष घलान, अन्जन बिष्ट, देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, मनिस डाँगी र रोहित चन्द


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर