आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट जित्छ : योगेश भट्टराई (भिडिओ) – Nepal Press

आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट जित्छ : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्ने दाबी गरेका छन् ।

शनिवार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन ८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका हुन् ।

उनले अहिलेको जस्तो टाइम पास सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धराशायी बनाउने कार्यलाई बन्द गर्ने जिकिर गरे । अहिले संसदमा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सही दिशा नदिने उनले बताए ।

उनले यसअघि एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको भएपनि मधेशका नेता कार्यकर्ताहरु एकजुट भएका कारण उक्त प्रयास असफल भएको बताए ।

उनले केहि समय अघि मधेश कै नाममा मुलुक विभाजन गर्न खोजेको र अन्तर्राष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *