भाडाका सिपाही नेतृत्व गर्ने रुसी नेताको कू प्रयास, राष्ट्रको नाममा पुटिनको सम्बोधन – Nepal Press

भाडाका सिपाही नेतृत्व गर्ने रुसी नेताको कू प्रयास, राष्ट्रको नाममा पुटिनको सम्बोधन

काठमाडौँ । रुसी सैन्य अभियानहरूमा भाडाका सिपाहीहरूलाई नेतृत्व गर्दै आएको समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले सैन्य कू गर्ने चर्चाका बिच रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।

विश्व युद्धताका सन १९१७ मा पनि आन्तरिक युद्धको प्रयास भएको भन्दै पुटिनले त्यस्तै प्रयास गरिए विफल पार्ने सम्बोधनमा बताएको रुसी सरकारी मिडिया आरटीले उल्लेख गरेको छ ।

रुसको दक्षिणी सहर रोस्तोभ अन दोनमा प्रभाव क्षेत्र भएको वाग्नर क्याम्पसमा रुसी सैन्य नेतृत्वले मिसाइल हमला गरेको प्रिगोजिनले आरोप लाएका थिए । साथै उनले रुसी रक्षामन्त्री र सैन्य प्रमुख बिरुद्ध सार्वजनिक आलोचना र विरोध गरेका थिए ।

रुसमा यिनै सूचनाहरूका कारण कू प्रयास भएको बिबिसी लगायतका विश्व मिडियाहरूमा आइरहेको बेला पुटिनले राष्ट्रको नाममा सम्बोधन गरेका हुन् ।

रुसी मिडियाहरूका अनुसार अहिले रुसका सबै क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ भने वाग्नर समूहमा निगरानी र नियन्त्रण बढाइएको छ ।

सम्बोधनमा पुटिनले देशमा एकताको आवश्यकता भएको भन्दै एकता नखलबल्याउन आग्रह गरेका छन् भने उनले वाग्नर ग्रुपलाई धोका दिइएको संज्ञा दिएका छन् । पुटिनले वाग्नरको कदमलाई पिठ्युँमा छुरा हानेको तर्क गरेका छन् ।

रुसी सैन्य प्रमुख र रक्षामन्त्री विरुद्ध खुलेर विरोधमा आएपनि वाग्नर समूहले पुटिन र रुसी सैनिकको भने विरोध गरेको छैन ।

वाग्नर रुसको चर्चित भाडाका सिपाहीहरू भर्ती गर्ने निजी कम्पनी हो । कम्पनीले रुस सहभागी भएका वा सहयोग गरेका विश्वका सबैजसो युद्ध मैदानमा वाग्नर पुगेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर