प्रधानमन्त्रीको दाबी- सरकारको सुरुवातकै निर्णयको प्रभावले अर्थतन्त्रमा सुधार हुँदै गएको छ – Nepal Press

प्रधानमन्त्रीको दाबी- सरकारको सुरुवातकै निर्णयको प्रभावले अर्थतन्त्रमा सुधार हुँदै गएको छ

'विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउँछ'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताएका छन् । .

शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका ।

उनले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताउनु भयो। उनले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौति समाधान गर्न सहज हुने बताए ।

उनले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको बताए ।

उनले भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताए । उनले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको बताए ।

उनले पछिल्लो समय राष्ट्र हीतको काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृति बढ्दै गएको बताए ।

‘विद्युतको राम्रो बजारको व्यवस्था गर्नसक्यो भने खर्बौं लगानी नेपालमा आउन सक्छ । त्यसले नेपालको अर्थतन्त्रका समस्या र चुनौती छन्’, उनले भने, ‘त्यसको स्थायी र दीर्घकालिन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिने सकिने विश्वासको साथ धेरै मेहनत सरकारको तर्फबाट अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिइएको छ । भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भएको छ । नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा भनेका होइनन् ।’

उनले थपे, ‘दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्रको लागि गरेका छौं । हरेक कुरालाई नकारात्मक दृष्टिकोणले हेर्ने हुँदैन । तर पछिल्लो समय राष्ट्र हीतको काम गरे पनि नकारात्मक दृष्टिकोण राख्ने प्रवृति बढ्दै गएको छ ।’

उनले वर्तमान सरकारले शुरुवातमा नै गरेका निर्णयको प्रभावले अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको दाबी गरे ।

‘अहिले अर्थतन्त्रमा सुधार भएको स्पष्ट रुपमा देख्न सकिन्छ । तुलानात्मक लाभका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रको चासो सम्बोधन गर्दै निनीगत र कानूनी सहजिकरण गर्न, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न,सेवा प्रवाहमा सहजता ल्याउन र प्रविधिमैत्री अवधारणा लागू गर्न,अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन, मौद्रिक नीति र आर्थिक नीति बीच सन्तुलन कायम गर्न, बैंकको ब्याजदर घटाउन उपायहरु खोजगरी लागू गर्न, पूँजीगत खर्च बढाउन र अर्थतन्त्र सुधार गर्न आवश्यक पर्ने नीतिगत कानूनी र व्यवहारिक कदम चाल्न सरकारका तर्फबाट भइरहेका पहलप्रति जानकार हुनुहुन्छ’, उनले भने ।

आफू सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारको लागि नितीगत तथा संरचनागत सुधार गर्न प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

‘सरकार र निजी क्षेत्रबीच बलियो एकता सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ भन्ने सरकारको मान्यता रहेको छ’, उनले भने, ‘निजी क्षेत्रको सहकार्यबाट नै आर्थिक समृद्धि हासिल हुृनसक्छ भन्ने सरकार स्पष्ट छ । त्यसका लागि निजी क्षेत्रसँग प्रभावकारी रुपमा सहकार्य गर्ने प्रतिवद्ध रहेको छ ।’

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको दाबी- सरकारको सुरुवातकै निर्णयको प्रभावले अर्थतन्त्रमा सुधार हुँदै गएको छ

  1. तिमीले केही लछारपाटो लगाएको होईन । तिमी त चटकेजस्तो यताउता गरिरहेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर