बालेनको चेतावनीपछि हच्किए प्रदर्शक, हलमा छैन भारतीय फिल्मको शो – Nepal Press

बालेनको चेतावनीपछि हच्किए प्रदर्शक, हलमा छैन भारतीय फिल्मको शो

काठमाडौं । अदालतले अन्तरिम आदेश दिएपनि हल सञ्चालकहरू भारतीय फिल्म चलाउन हच्किएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको आदेश नमान्ने बताएपछि प्रदर्शकहरू रिस्क नलिने मुडमा रहेका हुन् ।

उच्च अदालतले हिजो भारतीय फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएको थियो । तर, मेयर बालेनले देशको सार्वभौमिकताको प्रश्नमा अदालतको आदेश पनि नमान्ने भन्दै भारतीय फिल्म चल्न नदिने अडान लिएका छन् ।

बालेनको अडानको पक्षमा व्यापक जनसमर्थन देखिएकाले प्रदर्शकहरू हिन्दी फिल्म चलाउन डराएका हुन् । आज कुनै पनि मल्टिप्लेक्स चेनमा भारतीय चलचित्रको शो राखिएको छैन । क्यूएफएक्स, एफ क्युव, वान सिनेमालगायत कुनै पनि हलले भारतीय सिनेमाको बुकिङ खुलाएका छैनन् । ती सबै हलमा नेपाली र अंग्रेजी सिनेमा चलिरहेका छन् ।


प्रतिक्रिया

2 thoughts on “बालेनको चेतावनीपछि हच्किए प्रदर्शक, हलमा छैन भारतीय फिल्मको शो

  1. विचरा भारु लिएर दारु खानेहरुले बालेनलाई कति सरापेका होलान् ? खै कहाँ छन् राष्ट्रियताको बिगुल फुक्ने पार्टीहरु ? खै कुन सुरुङ्गमा लुके सुरुङ्ग युद्द लड्छौ भन्नेहरु ? खै कता गए नाकाबन्दीको समर्थन गर्नेहरु ? बालेनलाई गालि गर न हो तिमीहरुको औकात हेर्न रमाइलो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *