नेटोसँग युक्रेनमा लड्न रुस तयार छ : रुसी विदेशमन्त्री लेभ्रोब – Nepal Press

नेटोसँग युक्रेनमा लड्न रुस तयार छ : रुसी विदेशमन्त्री लेभ्रोब

काठमाडौँ । रुसी विदेश मन्त्री सेग्र लेभ्रोबले नेटोसँग युक्रेनमा लड्न रुस तयार भएको बताएका छन् ।

अमेरिकी र युरोपेली देशहरूको सैन्य गठबन्धन नेटोले युक्रेनको पक्षमा लड्ने प्रतिबद्धता जनाएको बताउँदै लेभ्रोबले मङ्गलवार लेभ्रोबले यस्तो बताएका हुन् ।

आइतबार जर्मनीको मिडिया वेल्ट एम सोनटागसँगको अन्तरवार्तामा नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले एक अन्तरवार्ता दिँदै रुसी सर्त मानेर युक्रेन युद्ध अन्त्यको सम्भावना नभएको बताएपछि रुसी विदेश मन्त्री सेग्र लेभ्रोबले यस्तो बताएका हुन् ।

नेटो महासचिवको मुखबाट युक्रेनमा नेटो जोडिएको कुरा भनिएको भन्दै लेभ्रोबले रुसलाई नेटोको नियत धेरै अगाडिबाट थाहा भएको भन्दै रुस लड्न तयार भएको बताएका छन् ।

रुसी सरकारी सञ्चारमाध्यम आरटीका अनुसार मङ्गलवारको एक पत्रकार सम्मेलनमा लेभ्रोबले यस्तो बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर